कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान

वीरगंज : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा सोमवार मतदान हुने भएको छ। शनिवार गौरको जुद्ध माध्यमिक विद्यालयमा भइरहेको मतदानमा धाँधली भएको पाइएपछि अधिवेन स्थगित भएको थियो। विवादपछि जिल्ला तहका नेतासँगको छलफलले सोमवार पुनः मतदान गर्ने कार्यतालिका अघि बढेको हो। रौतहटमा जिल्ला सभापतिका लागि संस्थापन पक्षका सुनिल यादव(जितेन्द्र)को उम्मेदवारी परेको…