३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयहरुलाई सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार योजना पेश गर्न अनुरोध गरेको छ । सबै सामुदायिक विद्यालयहरुले पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम पेश गर्नुपर्ने भएपनि कतिपय विद्यालयले पेश नगरेको कारण पत्राचार गर्नुपरेको विभागले जनाएको छ । शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयहरुलाई पत्राचार […]