नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीवार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।उनले पूर्वाधार विकासमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने भएपनि अहिले ३ प्रतिशत मात्रै भएको बताए । अध्यक्ष अग्रवालले मुलुकमा तीब्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले आर्थिक विकासको