उपसभामुख पुष्पा भुसाल गौतमकी ९१ वर्षीय आमा शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी श्रीमति थिइन् ।