काठमाण्डाै - नेपाल पर्वतारोहण सङ्घले थप १ सय ७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकारसँग माग गरेको छ ।
सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेस गर्नुभएको छ ।
सङ्घले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ ।
सङ्घले २०७५ सालदेखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट सङ्कलित दस्तुरमध्य...