श्रीलंका संकटको पछाडि घरजग्गाको भूमिका कति ? जथाभावी लगानी र मूल्य वृद्धिमा नेपाल पनि सँगसँगै  !

कोलम्बो । पछिल्ला वर्षहरुमा श्रीलंकामा जग्गाको भाउ निरन्तर बढिरहेको छ । निर्माण, कृषि आदि प्रयोजनका लागि जग्गाको माग उच्च छ । देशको पश्चिमी प्रान्तमा जग्गाको माग अझ बढी छ ।  गत वर्षको अन्तिम त्रैमासमा त्यहाँ आवासीय जग्गाको भाउ औसत मूल्य प्रति पर्च (१६.५ फिट बराबर) १६ लाख ५० हजार रुपी थियो ।  सो अवधिमा राजधानी कोलम्बोमा प्रति पर्च १ करोड १६ लाख ८० हजार रुपी थियो । देशको सबैभन्दा विकसित क्षेत्र पश्चिमी प्रान्त (कोलम्बो बाहेक) मा भने भाउ औसत प्रति पर्च १२ लाख ७० हजार रुपी थियो ।  श्रीलंकामा अहिले जग्गा जमिन स्थानीयहरुले मात्रै किन्न सक्छन् । तर विदेशीहरुले ९९ वर्षका लागि जग्गा भाडामा लिन सक्छन् ।  समग्रमा गत वर्षको अन्तिम त्रैमासमा घरको विक्री मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ५३ प्रतिशतले बढेको छ भने अपार्टमेन्टको मूल्यमा यस अवधिमा १७ दशमलव ६८ प्रतिशतको वृद्धि देखिएको छ । योसँगै जग्गा र अपार्टमेन्ट दुबैको भाउ यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । कोलम्बो बाहेक पिश्चमी प्रान्तमा आवासीय जग्गाको भाउ चाँहि घटेको पाइएको छ ।  केन्द्रीय प्रान्त र दक्षिणी प्रान्तमा जग्गाको भाउ क्रमशः २२ दशमलव ६ प्रतिशत र १९ दशमलव ४ प्रतिशतले बढेका छन् ।  गत वर्षको सोही अवधिको तुलनामा  कोलम्बो शहरमा सन् २०२१ को अन्तिम त्रैमासमा  जग्गाको भाउ साढे ३ प्रतिशतले बढेको छ । सोही अवधिमा उत्तरी प्रान्तमा जग्गाको विक्री मूल्य ४५ दशमलव १ प्रतिशत सम्म बढेको छ ।  गत वर्षको शुरु देखि नै बिजुलीको तार, पीभीसी पाइप र स्टिल लगायत निर्माण सामाग्रीको भाउ निरन्तर बढिरहेको छ । सिमेन्ट अभाव हुन थालेपछि वर्षको अन्त्यतिर यसको भाउ आकाशिएको थियो । यसका कारण पनि क्रेताहरुमाझ जग्गा किनेर वा भएकै जग्गामा घर बनाउनेभन्दा पनि विद्यमान अपार्टमेन्ट किन्ने प्रवृत्ति उच्च छ । यसका कारण कन्डोमिनियम (अपार्टैमेन्ट)को माग उच्च छ ।  अहिले अपार्टमेन्टको भाउ झन्डै १८ प्रतिशतले बढेको छ । यो भनेको औसत ३० लाख देखि ५० लाख रुपी हो । घर बनाउँदाको लागत पनि २० देखि ३० प्रतिशत महँगो बनेको छ । श्रीलंकामा  सन् २०१५ को अन्त्यसम्म जग्गाको भाउ खासै धेरै बढेको थिएन । सन् २०१६ को पहिलो त्रैमासयता भाउ क्रमशः उकालो लागिरहेको केन्द्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  जग्गाको भाउ विशेषगरी राजधानी कोलम्बोमा आकाशिएको छ । भाउ बढेसँगै घर जग्गा कर्जा पनि सोही अनुपातमा उकालो लागेको छ । कुल गाहस्थ्र्य उत्पादन (जीडीपी)मा घर कर्जाको हिस्सा पनि बढेको छ । गत वर्षको अन्तिम त्रैमासमा कन्डोमिनियम (अपार्टमेन्ट)को किनबेचमा उच्च वृद्धि भएको छ । यो बजार सन् २०२० को अन्तिम त्रैमासको तुलनामा ४९ प्रतिशत र सन् २०२१ को तेस्रो त्रैमासको तुलनामा ४८ दशमलव ४ प्रतिशतले बढेको छ ।  मुद्रास्फीतिको दबाब बढिरहेको छ । परम्परागत लगानीका क्षेत्रबाट हुने मुनाफा प्रतिफल तुलनात्मक रुपमा न्यून रहेकोले पनि पछिल्लो समय लगानीकर्ताहरुले गैर–परम्परागत लगानी क्षेत्रतर्फ लागिरहेका छन् । यस्तोमा अपार्टमेन्टमा लगानी गर्ने प्रवृत्ति बढेको छ । पछिल्लो समय बैंक कर्जा महँगो बनेपछि बैंकबाट कर्जा लिने क्रम  घटेको छ । बैंकबाट कर्जा लिएर किनबेच गर्नेहरु ३० प्रतिशत हाराहारीमा छन् भने आफ्नै पैसा हालेर किन्नेको संख्या ७० प्रतिशत हाराहारी भएको श्रीलंकन राष्ट्रबैंकको तथ्यांकले देखाएको छ ।  श्रीलंकाको प्रोपर्टी पोर्टल लंका प्रोपर्टी वेव मा उपलब्ध तथ्याङ्क अनुसार २०१० देखि २०१५ सम्म स्थिर रहेको घरजग्गाको मूल्य २०१६ देखि सिधा रेखामा उकालो लागेको थियो । जग्गाको मूल्य र किनबेच बढ्नुको पछाडि बैंकहरूको लगानी पनि सिधा रेखामै उकालो लाग्नु प्रमुख कारण हो । श्रीलंकामा आर्थिक संकट देखिएकै वर्षबाट घरजग्गाको मूल्य र बैंकको लगानी ह्वार ह्वार्ती बढेको देखिन्छ । श्रीलंकको अर्थतन्त्रलाई नजिकबाट नियालेका एक बैंकरका अनुसार श्रीलंकको आर्थिक संकटका पछाडी घरजग्गाको अनिन्त्रीत मूल्य वृद्धि र बैंकहरूको लगानीको पनि हात छ । तर सबै संकट घरजग्गा क्षेत्रले मात्रै भने ल्याएको होइन ।  उनका अनुसार श्रीलंकको अर्थतन्त्र बिग्रिनुमा महँगो ब्याजदरमा लिएको ऋण, सामाजिक सुरक्षाका योजना,भ्रष्टाचार लगायतका कारणहरू प्रमुख हुन् । त्यसमा रियल इस्टेट क्षेत्रको पनि भूमिका पक्कै छ । सन २०१४ सम्म डेढ खर्ब रुपी मात्रै बैंकको लगानी रहेको श्रीलंकको रियल इस्टेटमा २०१६ मा करीब ४ खर्ब रुपी पुगेको थियो । २०१८ मा आइपुग्दा उक्त लगानी बढेर साढे पाँच खर्ब रुपी भन्दा बढी पुगेको थियो । जुन श्रीलंकको जीडीपीको करीब ४ प्रतिशत हो । त्यस्तै मूल्य वृद्धिको हिसाबमा पनि २०१६ पछि त्यसै गरी ग्राफहरू उकालो लागेका थिए । २०१५ सम्म ४० लाख रुपी रहेको प्रति पर्च जग्गाको मूल्य २०१६ मा एकैपटक ७० देखि ७५ लाख प्रति पर्च पुगेको थियो । २०१८ मा आइपुग्दा उक्त मूल्य बढेर प्रति पर्च १ करोड रुपैयाँ नाघ्दा २०१९ मा उक्त मूल्य १ करोड २० लाख रुपी सम्म पुगेको थियो । अहिले त्याहाँ प्रति पर्च जग्गाको मूल्य १ करोड ५० लाख रुपी हाराहारी पुगिसकेको छ । नेपालको अवस्था कस्तो छ ? नेपालमा अहिले घरजग्गाको मूल्य वृद्धि र बैंकहरूको लगानीको विषयलाई लिएर विज्ञहरूले चिन्ता जाहेर गरिरहेका छन् । देश श्रीलंका भइसक्यो वा श्रीलंकको बाटोमा गइसक्यो भन्ने अवस्था होइन । तर नेपालको अर्थतन्त्र पनि कम जोखिम युक्त छैन । सन २०१६ मा श्रीलंकको अवस्था जस्तो थियो नेपालको अवस्था अहिले ठिक त्यस्तै छ । यतिबेला धेरै कुरामा ख्याल गरिएन भने ढिलो चाँडो नेपालको अवस्था पनि श्रीलंकको जस्तै हुने अर्थविदहरूले चेताजनी दिंदै आएका छन् । नेपालमा कोभिडपछिको २ वर्षमै घरजग्गाको मूल्य २/३ गुणा बढीसकेको छ । बैंकको लगानी पनि कोभिड पछि झन धेरै बढेको छ । जग्गाको मूल्य दिन दुई गुणा र रात चौगुाण बढ्नुको पछाडी बैंक तथा वित्तीय संस्थाले गरेको अनधिकृत लगानी एउटा प्रमुख कारण हो । राष्ट्र बैंकका अनुसार घरजग्गा कर्जा शीर्षकमा अहिलेसम्म साढे ५ खर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रबाह भएको देखिन्छ । तर बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अनुसार अन्य शीर्षकमा गएको कर्जा, पुनर्कर्जामा गएको कर्जा सहित कुल कर्जा (४७ खर्ब रुपैयाँ) को ३० प्रतिशत अर्थात करीब १४ खर्ब रुपैयाँ भन्दा बढी रकम घरजग्गा क्षेत्रमा लगानी भएको छ । यसरीअहिले नेपालमा घरजग्गा क्षेत्रमा बढेको बैंकको कर्जा प्रबाह र अत्यासलाग्दो घरजग्गाको मूल्य वृद्धि, श्रीलंकाको सन २०१६/१७ मा भएको बैंकको लगानी र मूल्य वृद्धिका संकेत समान छन् । अहिले नेपालको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन आवश्यक कदम नचाल्ने हो भने नेपालको अवस्था पनि श्रीलंकाको जस्तो हुन्न भनेर ठोकुवा गर्न नसकिने विज्ञहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

संगीत प्रशिक्षणमा जमेकी सरिता

क, क, क, क, कलकल बग्ने कति हो पानीख, ख, ख, ख, खलखल पसिना किन हो नानी ?जथाभावी फोहोर फाल्ने बानी नगरौंघरआँगनको फोहोरलाई व्यवस्थापन गरौं

‘क्लिनिकमा जथाभावी उपचार पद्धति अपनाउनु र झाँक्रीको काम उस्तै हो’

‘क्लिनिक खोलेर अनेक किसिमको उपचार पद्धति अपनाउनु र झाँक्री सेवा सञ्चालन गर्नु लगभग उस्तै काम हुन् । मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले नियम विपरीतको पद्धति अपनाएको भेटिए कारबाही हुन्छ । सामाजिक सञ्जालमा पनि आफ्नो विज्ञता भन्दा बाहिरको सल्लाह दिन मिल्दैन ।’

स्पर्श र माया दिन सकिंदैन भने कुकुर किन पाल्ने ?

कति मान्छे देखासिकी वा लहडमा कुकुर पाल्छन् । अनि कुकुरले जथाभावी दिसा पिसाब गर्‍यो, फोहोर बनायो, रौं झर्‍यो, जुत्ता-चप्पल टोक्यो, धेरै भुक्यो भनेर साङ्लोले बाँध्छन् । खोरमा थुनेर राख्छन् । यसरी एउटा अवोध पशुलाई बन्दी बनाउँछन् । जब कुकुर बुढो हुन्छन्, रोगी हुन्छन् तब मान्छेले घरबाहिर लखेट्छन् । यसरी घरपालुवा कुकुर सडकमा आइपुग्छन् र एकदमै […]

विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्छ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जङ्गल विनाश गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताएका हुन् ।उनले भने, “सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्र

‘तरकारीको विषादीले मिर्गौला फेलदेखि क्यान्सरसम्म हुनसक्छ’

काठमाडौं – नेपालमा बालीनाली र घरमा फैलिने हानिकारक कीरा मार्न बिषादीको प्रयोग बढेको छ । हरेक वर्ष ६ देखि ७ अर्बसम्मको विषादी वैधानिक तबरबाट आयात गरिन्छ । खुला सिमाना छ, अवैधानिक तरिकाबाट कति विषादी आउँछ कुनै लेखाजोखा छैन । ती विषादी गाउँ र सहरमा जथाभावी किनबेच हुने गरेको पाइन्छ । किनबेचको कुनै रेकर्ड अनुगमन हुँदैन […]

अर्थतन्त्र कति नकारात्मक ?

विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गयो । हाम्रो देशको अर्थतन्त्रका महत्त्वपूर्ण आधारहरूमा वैदेशिक रोजगारी, वैदेशिक सहयोग, कृषि, पर्यटन, जलस्रोत आदि हुन् । यस वर्षको शुरूदेखि नै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा ठूलो कमी आयो । आर्थिक सूचकहरू नकारात्मक हुँदै जाँदा बजारमा समस्या देखा पर्‍यो । तरलताको अभाव, मूल्य वृद्धि, उत्पादनमा कमी, व्यापारघाटा बढ्दै जानु, रोजगारी सृजना गर्न नसक्नु, पर्यटन व्यवसाय सुस्ताउनुजस्ता कारणले थप समस्या सृजना भएको छ । उत्पादन घट्नुको कारणमा युवा विदेशिनु पनि एक हो । विप्रेषण कम हुनु र त्यसलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्नुले अपेक्षित लाभ लिन सकेका छैनौं । हाम्रो कृषि निर्वाहमुखी र परम्परागत हुँदा अपेक्षित फाइदा लिन सकिएको छैन । कृषिलाई सम्मानित र मर्यादित बनाउन नसक्दा थप समस्या सृजना भएको देखिन्छ । कृषि प्रधान देशमा मासिक करोडौंको खाद्यान्न आयात गरिरहेका छौं । कृषिलाई व्यवस्थित, व्यावसायिक, सम्मानित र मर्यादित बनाउने हो भने सर्वत्र सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि राज्यले विशेष ध्यान दिनुपर्छ । विशेष नीति र योजनाका साथ प्रभावकारी कदम चाल्न आवश्यक हुन्छ । पर्यटन व्यवसायमा पनि कोरोना प्रभावले थलिएको थियो जुन अब केही सुधारको बाटोमा जाँदै छ । हामीले पर्यटकको चाहनाअनुसारको सेवासुविधा प्रदान गर्न सकिरहेका छैनौं । हाम्रो अर्थतन्त्र जोखिमको बाटोमा गएकाले यसलाई रोक्न सरकारले २ दिन बिदा दिने, जोरबिजोर सवारीसाधन चलाउने, नयाँ सवारीसाधन किन्न हाललाई रोक्नेजस्ता उपायहरू अवलम्बन गर्न लागेको छ ।   रोजगारी भएमा मात्र आर्थिक वृद्धि र अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । रोजगारीका अवसर सृजना गर्न सकेका छैनांै । ठूलो संख्यामा रोजगारी दिन सकिने भनेको उद्योग नै हो । तर, हामीले उद्योग स्थापना गर्नेतर्फ खासै ध्यान दिन सकेका छैनौं । १ दशक अगाडिसम्म हेटौंडा कपडा उद्योग नाफामा चलेको उद्योग थियो । आज त्यो बन्द भएको छ । त्यसै गरी डाल्डा घ्यू उद्योग, साबुन उद्योगलगायत उद्योग बन्द भएका छन् । नयाँ उद्योग स्थापना गर्नुपर्नेमा भएका उद्योगसमेत बन्द हुँदा यसलाई पुन: स्थापना गर्ने काम तदारुकताका साथ गर्नुपर्ने देखिन्छ । आज रोजगारीका लागि दैनिक १ हजार ५ सयदेखि १ हजार ७ सय युवा जनशक्ति विदेशिने गरेको तथ्यांकले देखाउँछ । रोजगारीका लागि महत्त्वपूर्ण क्षेत्र भनेको उद्योग नै हो । यदि इच्छाशक्ति हुने हो भने उद्योग स्थापना गर्न नसकिने पनि होइन । उद्योगमा लगानी गर्न सञ्चय कोष, नागरिक लगानी कोष, सेनाको कोषलगायत विभिन्न स्रोत जुटाउन सकिन्छ । हाम्रा नेता तथा देशका सञ्चालकहरूमा त्यो दृढता पनि पाइँदैन ।   हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गरेर त्यहाँबाट उत्पादित कपडा कर्मचारी, सेना, शिक्षक आदिले प्रयोग गर्ने हो भने निश्चित रूपमा नाफामा जान्छ । भृकुटी कागज कारखाना पुन: सञ्चालन गरेर त्यसबाट उत्पादित कागज सबै सरकारी कार्यालयले प्रयोग गर्ने हो भने सहजै नाफामा चलाउन सकिन्छ । देशमा कृषिमा आबद्ध हुनेहरूको संख्या क्रमश: घट्दै छ । यसर्थ युवालाई कृषिमा आकर्षण गर्न यसलाई व्यावसायिक, सम्मानित र मर्यादित बनाउने दिशामा काम गर्नुपर्ने देखिन्छ । कृषिका समस्या समाधानमा समेत विशेष ध्यान दिनुपर्ने खाँचो छ । कृषि ऋण सहजै नपाउनु, बजारको व्यवस्था नहुनु, भण्डारणको व्यवस्था नहुनु, उत्पादनले उचित मूल्य नपाउनु, रासायनिक मल नपाउनु, उन्नत जातको बीउ नपाउनुजस्ता दर्जनौं समस्या यस क्षेत्रमा छन्, यसको समाधान खोज्नु आवश्यक छ । हाल देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ । विप्रेषण बढाउने प्रभावकारी उपाय र तरलता अभाव कम गर्ने तरीका खोजी गर्नुपर्छ । देशमै उत्पादन बढाउन विशेष पहल गर्नु आवश्यक छ । पूँजीगत खर्च गर्न नसक्दा थप समस्या देखिएको छ, जसलाई समाधान गर्न विकासका कार्यलाई जोड दिनुपर्छ । विकास खर्च आर्थिक वर्षको अन्तिममा गर्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्नुपर्छ । हाम्रो कमजोर अर्थतन्त्रलाई बलियो बनाउन सरोकारवाला सबै गम्भीर हुन जरुरी छ । सरकारले आर्थिक सुशासन कायम राख्न विशेष चासोका साथ काम गर्नुपर्छ । अनावश्यक खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । मितव्ययी बनेर राज्यको ढुकुटी बलियो बनाउनुपर्छ । स्थानीय तहमा जथाभावी खर्च गर्ने प्रवृत्ति छ, त्यसको अन्त्य हुनुपर्छ । वडा अध्यक्षदेखि सदस्यहरूले समेत गाडी किन्ने, महँगा बाइक प्रयोग गर्ने, नागरिकलाई जथाभावी करको भारी बोकाउनेजस्ता कार्य बन्द गर्नुपर्छ । करोडको सवारीसाधन १/२ लाखमा मर्मत गरेर चलाउन छाडेर पुन: नयाँ किनेर कमिशन तथा सुविधाभोगी बन्ने गलत शैली देखिन्छ, त्यसको पनि अन्त्य गरिनुपर्छ । नागरिकले तिरेको करको सही उपयोग हुने वातावरण बनाउनुपर्छ । महँगीले आम नागरिकलाई ठूलो समस्या परिरहेको छ । बजार नियन्त्रण गर्ने प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्छ । बजारको अनुगमन फितलो हुँदा उपभोक्ता मारमा परिरहेका छन् । कमजोर अर्थतन्त्रलाई बलियो बनाउन हरेक उपायको अवलम्बन गर्नुपर्छ । सुशासन, मितव्ययिता, पारदर्शिता, आर्थिक अनुशासनजस्ता पक्षमा विशेष ध्यान दिनुपर्छ । अझै पनि समय बितिसकेको छैन । बेलैमा सजग भएर अगाडि बढ्ने हो भने अवश्य सफलता प्राप्त गर्न सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

हुरीसँगै आगलागी बढ्न थाल्यो, तर उपकरण बनेन

काठमाडौं । हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्नथालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बिग्रेर थन्किएका छन् । धेरैजसो आगलालीका घटना विद्युतीय उपकरण जुधेर र खाना पकाउने ग्याँस चुहेर वा चुरोटको ठुटो जथाभावी फाल्नाले भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । […]

कति राम्रो वहाना : पानी परेर सडक मर्मत भएन

वर्षायाम सुरु भएपछि राजधानी काठमाडौं लगायत देशभरका सडकमा भैंसी छिर्ने खाल्डा बनेका छन । जथाभावी खनिएका डलका कारण मानिसको ज्यान समेत गैसकेको छ, दुर्घटना त कति कति ! तर, सडक मर्मत गर्न अझै वहाना खोजिएको छ– पानी पर्न रोकिएन । अझै केही दिनसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । त्यसैले …

एन्टीबायोटिक्सको जथाभावी प्रयोग कति घातक ?

एन्टीबायोटिक्स भनेको यस्तो रसायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टरियाहरुलाई मात्र मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरुमा भएको निश्चित तत्वहरुलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधीलाई नै एन्टीबायोटिक्स भन्ने गरिन्छ । सरल अर्थमा भन्नुपर्दा शरीरमा पैदा हुने विभिन्न ब्याक्टेरियामध्ये कुनै निश्चित ब्याक्टेरिया नष्ट गर्ने क्षमता भएको औषधी एन्टिबायोटिक्स हो । कुन बेला […]

रोग अनुसार भोजन व्यवस्थापन : के खाने, के नखाने ?

खाना नै ओखति हो र खाना नै विष पनि । जथाभावी खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ भने सुपाच्य, ताजा र सन्तुलित खानाले शरीरलाई निरोगी । कस्तो खाना खाने र कति खाने भन्ने कुराले हाम्रो …