लोकदोहोरी प्रतिष्ठानका शिव हमालकै गीत विवाद, पेटीकोटमा नाच्ने मोडलको आलोचना

यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो । शिव हमालको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । गीतमा रहेका केही शब्द र पेटीकोटमा नृत्य गरेको दृश्य अपाच्य भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक सं