राँचुलीका बाढी पीडितले अझै राहत पाएनन्

गत असोज १९ गतेदेखि २५ गतेसम्म भएको अविरल वर्षापछिको बाढी पहिरोले साविक कर्णालीका पाँच जिल्लामा ठूलो जनधनको क्षति गर्‍यो । बाढी पहिरोले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति कालिकोटमा भयो । मलामी गएका कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका १३ जनालाई बाढीले बगाएर बेपत्ता पारेको थियो । जसको अहिलेसम्म न सास न लास केही पत्तो लागेको छैन […]