पञ्चाङ्गको निर्धारित मिति अगावै नेवार समुदायले मनाए म्हः पूजा

भक्तपुर : भक्तपुरका नेवार समूदायले आज म्हः पूजा मनाएका छन्। यो समूदायले भोलि मङ्गलबार किजा पूजा अर्थात् भाइटीका मनाउने भएका छन्।पञ्चाङ्ग निर्णयक विकास समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि नै यहाँका नेवार समुदायले म्हः पूजा मनाएको र भाइटीका पनि सोहीअनुसार मनाउने भएका हुन्। नेपाल संवतको नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना र्‍यालीसमेत यहाँका नेवार समुदायले आजै मनाएका छन्। भक्तपुरका विभिन्न ठाउँबाट भिन्तुना र्‍याली आयोजना गरेका थिए।तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालि