यूएसएनपीआरसीको छैटौं वार्षिक सम्मेलनमा नेपालको उच्च शिक्षाका संस्थागत यथार्थताबारे छलफल

यूएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन 'नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो आज र भोलि' विषयमा नीतिगत र संरचनाका बारेमा बृहत् छलफल गर्दै सम्पन्न भएको छ । कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व राजदूत केदारभक्त माथेमाले नेपालका शैक्षिक क्षेत्र सुधार्न विद्यालय र विश्वविद्यालयमा राजनीति रोक्नु पर्ने, राज्यले लगानी बढाउनु पर्ने र त्रिविविको भार कम गर्नुपर्ने बताए । कार्यक्रममा क्यालिफोर्निया स्टेट विश्वविद्यालयका भाइस प्रेसिडेन्ट तथा डिन प्रोफेसर डा. जित...