बाढी तथा पहिरोका कारण काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी तथा समय निर्धारण गरेर सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौं–धादिङ सडक एकतर्फी सञ्चालनमा छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई […]