काठमाडौँ– औषधि व्यवस्था विभागमा आइतबार दुई जनाले महानिर्देशकका रुपमा हाजिर गरेका छन् । त्यसरी महानिर्देशकको रुपमा हाजिर गर्ने नारायणप्रसाद ढकाल र भरत भट्टराई हुन् । तर, ढकाल हाजिर गरेपछि महानिर्देशककै कुर्सीमा बसेका छन् । अर्का महानिर्देशक भट्टराई भने हाजिर गरेर निस्केका छन् । गत साता स्वास्थ्य मन्त्रालयले गरेको सरुवा पछि यो समस्या उब्जिएको हो । […]