फेन्सिङको टिम इभेन्टमा एपीएफलाई स्वर्ण

पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जारी प्रतियोगितामा फेन्सिङतर्फको टिम इभेन्टमा एपीएफ क्लबले स्वर्ण जितेको छ। बिहीबार पोखरास्थित ब्याडमिन्टन हलमा भएको फाइनलमा बागमती प्रदेशलाई ४६–३२ ले पराजित गर्दै एपीएफले स्वर्ण हात पारेको हो। ४–४ जना रहने टिममा महिलातर्फ स्वर्ण जित्ने क्रममा एपीएफ र बागमतीबीच कडा प्रतिस्पर्धा भएको थियो। एपीएफको टोलीमा अनिता अधिकारी, मनिष राई, उर्मिला माझी […]

सम्बन्धित सामग्री

मनोजलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खडकाले जनाएका छन् ।

दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।दिपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जिते । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।

रुसलाई विन्टर ओलम्पिकमा पहिलो स्वर्ण

अलेक्जेन्डर बोल्सुनोभले आईतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी (आरओसी) ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ । आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन् ।रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ । उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ । अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए । आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जित

महेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन् । चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जिते । नेपालकै सफल गुरुङ चौथो भए । उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए । बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका […]

आयशालाई दुई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले डेजो एम्बिसी सिप सेचो इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से अनलाइन च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी छिन् । त्रिभुवन आर्मी क्लबकी खेलाडी समेत रहेकी आयशाले पुम्से ए लिग महिला सिनियर ४० वर्ष मुनिको समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले पुम्से […]

ओलम्पिकमा श्रीमान्‌लाई सात स्वर्ण, श्रीमतीलाई पाँच स्वर्ण

जेसन केन्नी ओलम्पिक खेलकुदमा बेलायतका लागि सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बनेका छन्। उनले जारी टोकियो‌ ‌‌ओलम्पिक खेलकुदको ट्रयाक साइक्लिङअन्तर्गत केइरिनमा स्वर्ण पदक जिते र प्रतियोगिताको इतिहासमा आफ्नो स्वर्ण पदकको स‌ंख्यालाई ७ पुर्‍याए। यसअघि कुनैपनि बेलायती खेलाडीले ओलम्पिक खेलकुदमा यति धेरै स्वर्ण पदक जित्न सकेको छैन। केन्नीले ओलम्पिक खेलकुदमा हालसम्म ट्रयाक साइक्लिङको स्प्रिन्ट (२०१२ र […]

निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमारले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न […]

चीनलाई तीन स्वर्ण

चीनले शनिबार टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इक्वेडरका साइक्लिस्ट रिचार्ड क्रपाजले रोड रेसतर्फ स्वर्ण पदक जितेका छन्।...