मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ । कुल बजेट मध्ये चालु तर्फ – २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत), पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । यता बजेट व्यवस्थापनको स्रोत सुनिश्चिता तर्फ प्रदेशले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड