चुनावअघि राजनीतिक दलले जनतालाई प्रभावमा पार्न संकल्पपत्र सार्वजनिक गर्छन् । भारतको उत्तर प्रदेशमा जारी विधानसभा चुनावी अभियानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आकर्षक घोषणापत्र सार्वजनिक गरेको छ ।
भाजपाले ‘लोक कल्याण संकल्पपत्र २०२२’ नाम दिइएको घोषणापत्रमा जनतालाई दिने सुविधाबारे उल्लेख गरिएको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा केन्द्रीय गृहमन्त्री अमित शाह, मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको सहभागिता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भाजपाले खाना पकाउने एलपीजी ग्यास २ सिलिन्डर र कलेज पढ्ने म...