‘प्रजातन्त्र र सक्रिय राजतन्त्र’ दुवै कालमा परराष्ट्र मामिलामा धेरै काम गरेका कूटनीतिज्ञ हुन्– यदुनाथ खनाल । २०१७ सालमा बीपीसँगै संयुक्त राष्ट्र संघको १५औँ साधारणसभामा भाग लिएर फर्केका खनाललाई राजा महेन्द्रले ‘कू’ लगत्तै परराष्ट्र सचिव बनाए । त्यसपछि जीवनपर्यन्त उनले लोकसेवा आयोग अध्यक्ष, राजदूत, प्रधानमन्त्रीहरूका परराष्ट्र सल्लाहकार भएर सक्रिय भइरहने मौका...