बैंगलोरलाई सहजै हराउँदै हैदरावाद दोस्रो स्थानमा उक्लियो

रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । मुम्बईमा शनिबार बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो  ।हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको पारी खेले । त्यस्तै केन विलियमसन १६ रनमा अविजित रहे । राहुल त्रिपाठी पनि ७ रनमा अविजित रहे । बैंगलोरका हर्सल पटेलले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् । गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ । राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

आइपीएलः पन्जाबद्वारा हैदरावाद पराजित

काठमाडौँ – अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाव किङ्सले छैटौँ स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता टुङ्ग्याएको छ। लिग चरणको अन्तिम खेलमा हैदराबादले दिएको १५८ रनको लक्ष्य पञ्जावले १५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। पञ्जावको जितमा लियम लिभिङ्स्टोनले सर्वाधिक ४९ रन बनाए। उनले २२ बलमा दुई […]

आईपीएलमा आज दुई खेल हुँदै, अक्षर पटेल सयौँ विकेटको खोजीमा

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोर भिड्दैछन् । हैदरावाद र बैङ्गलोर बीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । हैदरावाद छैटौँ जितको खोजीमा छ भने बैङ्गलोर सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद १० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा […]

आईपीएलमा आज हैदरावाद र बैंगलोर तथा चेन्नई र दिल्ली प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच दिउँसो पौने ४ बजे प्रतिस्पर्धा हुनेछ । आज दुवै टोली जितको खोजीमा रहेका छन् । हैदरावाद १० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने बैंगलोर १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ […]

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो […]

पन्जाबलाई हराउँदै हैदरावाद चौथो स्थानमा उक्लियो

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।नावी मुम्बईमा पन्जाबले दिएको १५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदरावादका लागि एडेन मार्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै निकोलस पुरानले ३५ रन बनाए । त्यस्तै राहुल त्रिपाठीले ३४ रन बनाउँदा अविशेक शर्माले ३१ रनको योगदान गरे ।बलिङतर्फ हैदरावादका लागि राहुल चहारले

आईपीएल : कोलकातालाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै कोलकाता शीर्ष स्थानमा उक्लने योजनामा छ ।लिगमा ५ खेल खेलेको कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । यता हैदरावाद तेस्रो जितको खोजीमा हुनेछ । लिगमा ४ खेल खेलेको हैदरावाद ४ अंक जोडेर तालिकाको आठौं स्थानमा

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने गुजरात र हैदरावाद बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा गुजरात अपराजित यात्रा कायम गर्ने योजनामा छ ।लिगमा तीन खेल खेलेको गुजरात ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यता हैदरावाद दोस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेल खेलेको हैदरावाद २ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउ

हैदरावाद शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद अंक तालिकामा शीर्ष स्थानमा...