नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले यस पटकको स्थानीय निर्वाचनमा बागी उठ्ने कार्यकर्तालाई तत्कालै कारबाही गरिने बताएका छन् । विराटनगरमा वडा नम्बर १२ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले महाधिवेशनको समयमा भएको पार्टीभित्रको तिक्तता हटेर गइसकेको पनि बताए । त्यसैलाई आधार मानेर गुटगत राजनीतिमा लागे काँग्रेस समाप्त हुने बताउँदै उनले बागी उठ्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताए ।‘अधिवेशनमा कसैले जित्नु भयो कसैले हार्नुभयो । अब अधिवेशनको तुष र