काठमाडौं, १४ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने नयाँ धारणा सार्वजनिक गरेका छन् । आउने चैत/वैशाखमा स्थानीय निकायको चुनाव गर्ने नेपाली काँग्रेस र माओवादी केन्द्रको निर्णयका पछाडि षड्यन्त्र लुकेको दाबी गर्दै ओलीले सबै छोडेर अब सिधै प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । मदन भण्डारी फाउण्डेसनले शुक्रवार राजधानीमा …