डेंगी परीक्षणका नाममा अस्पतालहरूले मनपरी शुल्क असुलिरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार परीक्षण किटको मूल्य र खर्च जोड्दा ५ सय रुपैयाँसम्ममा डेंगी परीक्षण गर्न सकिन्छ । यसका लागि छुट्टै जनशक्ति पनि आवश्यक पर्दैन तर निजी अस्पतालहरूले पाँच गुणाभन्दा बढी शुल्क लिइरहेका छन् ।