कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरू सार्वजनिक भएका छन् । पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् । न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाक