पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । एपीएफलाई ४५-२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाचौं स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनलमा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । […]