रुसी सेनामा गएका नौ युवा सम्पर्कविहीन

मनग्गे धन कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकी रुसी सेनामा भर्ती भएका युवा सम्पर्कविहीन भएपछि परिवारजन चिन्तामा परेका छन् । छोरो सम्पर्कमा नआएको चार महिना भएकाले चिन्तामा परेको नाम बताउन नचाहने एक महिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म सम्पर्क नहुँदा छोराको याद आएर खाना पनि रुचेको छैन, रातभरि निद्रा लाग्दैन ।” उहाँको जस्तै तनहुँमा सम्पर्कविहीन भएका नौ युवाका परिवारको आँखा ओभाएका छैनन् । छोराहरू सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

रूसी सेनामा गएका १२ युवा सम्पर्कबिहीन

रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।...