प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्।
संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागिपरेका छन् ।