चालू खर्चलाई ढाकछोप गर्न बजेट बढाइयो : एमाले

आगामी आर्थिक वर्षका लागि गत असार १ गते प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको बजेट यथार्थमा आधारित नभएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले चर्को आलोचना गरेका छन् ।  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ३ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।जसमा चालू तर्फ १ अर्ब २२ करोड ९९ लाख तथा पूँजीगत तर्फ २१ अर्ब ५० करोड ८३ लाख रकम रहेको छ । चालू आर्थिक वर्षमा भने प्रदेश सरकारले चालूतर्फ १३ अर्ब ६२ करोड ५९ लाख तथा पूँजीगततर्फ १५ अर्ब ९३ करोड १६ लाख गरी कूल २९ अर्ब ५४ कर