‘मबाट महिलावाद’

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘मबाट महिलावाद’ कार्यक्रममा प्रविधिले समाजमा पारेको प्रभावबारे नाटक मञ्चन, कविता मुक्तक वाचन गरिएको छ । महिला, विकास र कानुन मञ्च तथा इक्वालिटी नाउ संस्थाद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न कलेजका कानुन सङ्कायका विद्यार्थीले नाटक तथा रचना वाचन गरेर सिर्जनात्मक ढङ्गमा महिलावाद आफैँबाट सुरु गरौँ भन्ने सन्देश दिनुभएको थियो । साथै प्रविधिको दुरुपयोग गरेर महिलाको चरित्र हत्या गर्ने, महिलामाथि हिंसा गर्नेलाई प्रहरी प्रशासनमा गएर उजुरी गर्न प्रेरित गर्ने नाटक तथा विभिन्न रचनाको सन्देश थियो ।