उद्योगमन्त्री रिजाललाई पनि बुझाइयो ‘मधेस कन्क्लेभ’को प्रतिवेदन

काठमाडौं  ।  मधेसको औद्योगिक समस्या, पर्यटनको सम्भावना, पूर्वाधार निर्माण तथा विकास र औद्योगिक समस्याको समाधानका लागि उद्योगमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराइएको छ । मंगलबार नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वको टोलीले उद्योगमन्त्री रिजाललाई सिंहदरबारमै भेटेर ध्यानाकर्षण गराएको हो । टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, पर्यटन व्यवसायी राम […]