कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो

काठमाडौं, १० असोज । गत मंगलबार कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ । ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि शव फेला परेको जनाइएको छ।-File Photo

सम्बन्धित सामग्री

बेपत्ता बालकको शव भेटियो

बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडीखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।बालकको शव आज हाँडीखोला र इन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए । उनले बर्खाको समयमा नदी तथा खहरे खोला आसपास नजान समेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए ।

गोदावरी नदी किनारमा बालकको शव फेला

काठमाडाैँ- कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ। गोदावरी नगरपालिका-३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक […]

कैलालीको गोदावरी किनारमा बालकको शव फेला

कैलाली : गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा बालकको शव फेला परेको हो।प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको र घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए।

रोल्पामा बालकको शव फेला

रुकुम (पूर्व) : रोल्पाको माडी गाउँपालिका–५, भाबाङको बाङमा गाउँमा एक बालकको शव फेला परेको छ। प्रहरीले १३ वर्षीय जयराम ओली झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।वडा सदस्य रत्नबहादुर डाँगीले आइतबार सम्पर्कविहीन भएका बालकको शव सोमवार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको बताए। भाबाङ स्थित प्रहरी चौकीका हवल्दार बलराम पाण्डेको नेतृत्वमा प्रहरी अनुसन्धानमा खटिएको छ। बालकको शव पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल लगिएको छ।

बेपत्ता बालकको शव फेला

जनकपुरधाम : धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ।एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका-७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ मा पाल तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। उनको खोजतलास गर्दै आए पनि भेटिएका थिएनन् र अहिले बालकको शव फेला परेको छ।बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेका हो। जनकपुरधाम उपमहानगरपालिका-२२ र महोत्तरीको पीपरा गाउँपालिका-६ वसव

दुई दिनदेखि हराएका ३ वर्षीय बालकको शव फेला

रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुर टोलमा एक बालकको शव भेटिएको छ। गत शुक्रबारदेखि हराइरहेका बालकको खोजीको क्रममा बालकको शव कुहिएको अवस्थामा भेटिएको हो।...

चन्द्रागिरिमा एक बालकको शव फेला

काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए । बालकको नाम भने […]

तिनाउ नदीमा बालकको शव फेला

बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा  अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले  करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए । उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।