सिजनअघि नै जाडो बढेपछि दार्चुलाको व्यास–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी छाङरु सरेको छ । कात्तिक पहिलो साताको हिमपातका कारण अत्यधिक चिसो बढेपछि टिंकरको प्रहरी टोली छाङरु झरेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । पिउने पानी बग्न छाडेको र अढाई फिट जमेको हिउँमा हिँडेर प्रहरी टोली टिंकरबाट झरेको भट्टले बताए ।