कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ

एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।विप्लव नेत

सम्बन्धित सामग्री

उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं । एमसीसीको विरोधमा बन्द गराउँन निस्केका २३ जना बन्दकर्तालाई उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान पक्राउ पर्नेमा २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको हाे । पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत रहेको प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले ईमेज खबरलाई […]

काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बु

काठमाडौंका विभिन्न स्थानबाट ६ जना बन्दकर्ता पक्राउ

जबरजस्ती बन्द गराउन खोज्ने ६ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेको छ । एमसीसीको विरोधमा विभिन्न ५ कम्युनिस्ट पार्टी र एक मोर्चा संगठनले बन्द आह्वान गरेको हो । सुरक्षा व्यवस्था चुस्त बनाइएकाले बन्दको खासै असर देखिएको छैन । तर, बन्द गराउन निस्केहरुले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर प्रहरी हस्तक्षेपका कारण अप्रिय घटना हुन भने पाएन । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा ५० वर्षीय मंगलबहादुर मोक्तान...