अमेरिकी सेनाले प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न रहेको शंकास्पद एक डुङ्गामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ। अमेरिकी साउदर्न कमान्डले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्टमार्फत जानकारी दिँदै पूर्वी प्रशान्त महासागरको नियमित लागुऔषध तस्करी मार्गमा सञ्चालित उक्त डुङ्गालाई निशाना बनाइएको जनाएको छ। प्राप्त गुप्तचर सूचनाका आधारमा उक्त डुङ्गा लागुऔषध ओसारपसारमा सक्रिय रहेको पुष्टि भएको सेनाले […]