कागजातमा २१ वर्ष, जाहेरीमा नाबालिगः डा. नुतन प्रकरणमा उमेरकै प्रमाण अनुसन्धानको केन्द्रमा

नाबालिगको डिम्ब निकालिएको भनिएको घटनामा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मामाथि लागेको आरोपको अनुसन्धान जारी रहँदा सेवाग्राहीको उमेरसम्बन्धी कागजात प्रकरणको महत्त्वपूर्ण पाटो बनेको छ। डा. शर्माले उपचारका क्रममा अस्पतालमा पेस गरिएको कागजातमा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख रहेको र आफूले सोही विवरणका आधारमा चिकित्सा प्रक्रिया अघि बढाएको दाबी गरेकी छन्। डा. शर्माका अनुसार उपचारका […]