झापा : दमकस्थित सुकुम्बासी बस्तीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सञ्चालन गरेको कार्यक्रममा एमाले नेता र जनप्रतिनिधिले हस्तक्षेपको प्रयास गरेका छन्।सुकुम्बासी समस्या र समाधानका विषयमा छलफल गर्न सुकुम्वासी बस्ती पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि हस्तक्षेपको प्रयास गरिएको भन्दै नेकपा दमक नगर कमिटीले घटनाको विषयमा शनिबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ।शुक्रबार दमक नगरपालिका-५ स्थित जलदेवी टोलमा रहेका सुकुम्बासीहरूसँग छलफल गर्दै गर्दा ५ नम्बर वड