चिनियाँ खोप लिन बेइजिङ उड्यो निगमको वाइडबडी जहाज

सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आज साँझ चीनको राजधानी बेइजिङ उडेको छ ।  सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडाैंबाट बेइजिङ प्रस्थान गरेको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्था