संसद्मा जस्तै हात उठाएर एकैछिनमा अध्यक्ष छान्न सक्छौंः शेरबहादुर तामाङ

काठमाडौं, ११ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले सर्वसम्मति नभए हात उठाएर भए पनि निर्णय गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “हरेक नेतामा जिम्मेवारी पाउने आकांक्षा हुन सक्छ । तर महाधिवेशनको मनोविज्ञान भावनात्मक एकता र सर्वसम्मति गरेर जानुपर्छ भन्ने […]

सम्बन्धित सामग्री

नेतृत्वले सांसदको हस्ताक्षर जुनसुकै प्रयोजनमा प्रयोग गर्न सक्छः शेरबहादुर तामाङ

काठमाडौं, ३ फागुन । नेकपा एमालेका नेता एवं सांसद शेरबहादुर तामाङले पार्टीको संसदीय दलको बैठकमा ककसलाई महाभियोग लगाउने भन्नेबारे नाम किटेर निर्णय नगरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “हामीले महाभियोगबारे निर्णय लिने जिम्मेवारी नेतृत्वलाई दिएका छौं । संसदीय दलले मागेपछि […]

एमाले द्वन्द्व चाहँदैन–शेरबहादुर तामाङ

काठमाडौं– एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय […]

एमाले द्वन्द्व चाहँदैन : शेरबहादुर तामाङ

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् ।  नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावको बारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध  संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरे

सत्तापक्ष वार्ताको कुरा छाडौं, फोन गर्न पनि डराइरहेको छः शेरबहादुर तामाङ

काठमाडौं, २० पुस । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्तापक्षले नै संसद् अवरोध गरिरहेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “संसद् परमादेशबाट पुनःस्थापना भयो । हामीले संसद्मा बिजिनेस देऊ भन्न थाल्यौं । नयाँ विधेशयक आउला भनेको […]

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतको यो आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको छ।

कानुनमन्त्रीबाट बाहिरिएका शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै

बंगलादेशमा पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर सुम्पिनुपर्ने बाध्यता रहेको भनेर विवादास्पद टिप्पणी गरेपछि राजीनामा दिएका तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पुनः स्वास्थ्यमन्त्रीका रुपमा सरकारमा फर्कन लागेका छन्।

शेरबहादुर तामाङ बने एमाले कार्यालय सचिव

प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङले सचिव बनेका हुन् ।तामाङले आफूले कार्यालय सचिवको जिम्मेवारी पाएको रातोपाटीलाई । तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।

पूर्व मन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली गुटमै फर्केको घोषणा

विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ आफ्नो समूहमा फर्केको उद्घोष गरेका छन्।  शेरबहादुर तामाङ र उषाकला राई प्रचण्ड-माधवकुमार नेपाल समूहतिर लागेका थिए। ओलीकै क्याबिनेटमा मन्त्रीसमेत रहेका तामाङले लैंगिक विभेदजन्य अभिव्यक्ति दिएका कारण पदमुक्त हुन परेको थियो।  'उहाँहरुलाई जबरजस्ती लगेका थिए। तर…

केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

८ फागुन, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि […]