वायु प्रदूषणले दिल्लीमा १० वर्ष आयु घटायो

वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो  । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ । एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो–गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो । वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७ दशमलब ६ वर्षको आयु गुमाउने