पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र विकासको लागि नभई स्वार्थको लागि वर्तमान गठबन्धन सरकार बनेको बताएका छन्।पर्साको जगरनाथपुर गाउँपालिकामा भएको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिहीवार यस्तो बताएका हुन्।मुलुकको गुमेको भूमि फिर्ता ल्याउने लक्ष्यसहित नक्सा बनाएर थालिएको प्रकृयामा स्वार्थपूर्ण ढंगको बनेको सरकारले केही पहल गर्न नसक्ने उनले दाबी गरे। त्यो भूमि फिर्ता ल्याउन पनि एमाले पार्टीको सरकार नबनी नहुने उनको भनाइ छ।सीमा नजिक भारतले बनाएको ब