इन्टर कलेज क्रिकेट शनिबारबाट

ललितपुर प्याट्रियट्सले आयोजना गर्ने इन्टर कलेज क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुर  प्याट्रियटस्ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता अप्रिल ९ बाट १६ सम्म हुने जनाएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’मा एफेक्स कलेज, ब्लूबर्ड कलेज, मोरङ इन्टरनेशनल कलेज र जोल्डेन गेट कलेज रहेका छन् । त्यस्तै समूह ‘बी’मा हिमालयन ह्वाइट हाउस कलेज, टेक्सस इन्टरनेश्नल कलेज, एड्भान्स कलेज र ओमेघा कल