सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको काँग्रेसको ठहर

नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीलगायतका बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । बैठकले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्‍वानलाई असंवैधानिक भएको ठहर गर्दै यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने बताए ।‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्रहार गर्ने कोशि

सम्बन्धित सामग्री

कांग्रेसको ठहर- गण्डकीमा सभामुखको कदम संविधानमाथिकै ठाडो प्रहार हो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट असंवैधानिक कार्य भएको ठहर गरेको छ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत भएको असंवैधानिक कार्यप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नेपालको […]