प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी समिटमा सहभागी हुन स्कटल्यान्ड जाने

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डकाे ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘कोप २६ समिट’ मा सहभागी हुने भएका छन्।साेमबारकाे मन्त्रिपरिषद् बैठकले ‘कोप २६ समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ। ग्लास्गोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदै छ। उक्त समिटमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेता