‘लोसपामा गएका सांसदको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ,’ जसपा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, ‘आयोगले सार्वजनिक गरेको सूचीमा रेशमको नाम छैन, उनी जसपामै छन्।’ रेशम र आफ्नो लगातार संवाद भइरहेको बताउँदै उनले संवादका क्रममा पनि रेशमले जसपामै रहेको बताउने गरेको दाबी गरे।