विपत्अघिको पूर्वतयारी फितलो हुँदा धनजनको क्षति बढिरहेको छ

गोरखाको सिरान्चोक गाउँपालिकाअन्तर्गत हर्मी भन्ज्याङमा जन्मिएका डा. सुबोध ढकाल विपत् व्यवस्थापन विज्ञका रूपमा आफ्नो पहिचान स्थापित गराउन सफल भएका छन् । नेपालबाट भू–गर्भशास्त्रमा स्नातकोत्तर गरेका ढकालले भौगर्भिक इन्जिनियरिङमा पनि नेदरल्यान्डबाट स्नातकोत्तर गरेका छन् । जापानबाट पहिरोको सूक्ष्म प्रक्रियासँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका ढकाल त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसमा भू–गर्भशास्त्रको सहप्राध्यापकका रूपमा पनि कार्यरत छन् । विदेशमा […]