लिपुलेक र कालापानीमा भौतिक उपस्थिति हुन सकेन, वैकल्पिक माध्यमबाट जनगणना

तथ्यांक विभागले यो वर्ष २०७८ को जनगणनामा नेपाली भूमि लिपुलेक र कालापानीमा भौतिक उपस्थिति रहन नसकेको बताएको छ । विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ ।विभागले भारतीय अवरोधका कारण  गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो । त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको समन्वयमा वडा तहको गणना गरेर तथ्यांक संकलन गरिएको विभागको भनाइ छ ।