ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ । शिविरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवं पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरणसमेत गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए […]