राष्ट्रियसभा बैठक : जग्गा धितो राखेर ऋण नपाइने व्यवस्थाबारे ध्यानाकर्षण

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जग्गा धितो राखेर ऋण नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । यो व्यवस्थाले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई समस्या आइपरेकाले मालपोतले जग्गा धितो राख्ने स्थिति बनाउन सरकारसँग माग गरे ।   उनले मलको अभाव, पाठ्यपुस्तकको अभाव र औषधिको अभाव भएकाले सबैको व्यवस्था गर्न पनि माग गरे । अर्की सदस्य तुलसाकुमारी दाहालले नेपाल रेडक्रस सोसाइटीमा भएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै