हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बनाइने

११ फागुन, इटहरी । तेेह्रथुमको हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बन्ने भएको छ । फेदाप गाँउपालिका-४ र ५ को सिमानामा रहेको झरनाको पूर्वाधार विकास गर्न फेदीमा स्विमिङ पुल निर्माण गर्न लागिएको हो । साथै हिउँदको समयमा छिपछिपे पानी मात्रै झर्ने हृयात्लुङमा बाह्रै महिना पानी झार्न समेत स्थानीय सक्रिय भएका छन् । ३६५ …

सम्बन्धित सामग्री

तिलेश्वरनाथलाई पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण गरिँदै

रौतहट (अस) । रौतहटको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएको हो । चन्द्रपुर नगरपालिका–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए । उनका अनुसार करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्नेछ । वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माणको काम भइरहेको छ । बालबालिकाका लागि बाल उद्यान, फूलबारी लगायत संरचना निर्माण गरिएका छन् । यसै आर्थिक वर्षभित्र सो पार्क तथा पर्यटकीय स्थलको काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीको भनाइ छ । स्विमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पट, बाटो, बगैंचा, फूलबारी, भ्यूटावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण गरिने धामीले बताए । चिडियाखाना बनाउने योजना पनि रहेको उनले जानकारी दिए । घुम्न आउनेका लागि सुविधायुक्त खाजाघर, खानेपानी, बिजुलीबत्ती र सडक बनाइने उनको भनाइ छ । प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समितिले राखेको छ । समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सो क्षेत्र महत्त्वपूर्ण रहेको छ । अहिले निर्माणको क्रममा रहेकै बेला यहाँ घुम्न तथा वनभोजका लागि आउनेहरू बढेको उनले बताए ।