गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ ९बाघ वर्ग० को बिदाइ गर्दै ’हि ल्हो’ ९बिरालो वर्ग० को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन ग