लमजुङ – झण्डै ७ वर्ष विद्यालयमा पढाउनुभयो । लामाे समय गैरसरकारी संस्थामा काम पनि गर्नुभयो । तर यी पेशामा त्यति धेरै रम्न सक्नुभएन तेजप्रसाद न्यौपाने, जति कृषिमा उहाँको मन लाग्यो ।
सुन्दरबजार नगरपालिका–४, दुराडाँडा तेजप्रसाद न्यौपानेको मुख्य पेशा कृषि र पशुपालन हो । विशेष जोड कफी खेतीमा गर्नुभएको छ । विगतमा उहाँले घर नजिकैको जग्गामा धान, मकै लगायतका अन्नबाली लगाउँदै आउनुभएको थियो । तर कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने सम्भावना देखेर उहाँले अहिले धान लगाउने जग्गामा कफी खेती गर्नुभएको ...