सुदूरपश्चिम प्रदेश : आफ्नै दलका मन्त्रीले योजना सूची बेपत्ता पारेको सांसदको गुनासो

धनगढी : नेकपा एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले आफ्नै दलका मन्त्रीहरूप्रति गुनासो पोखेकी छन्।प्रदेशसभामा बजेटमाथिको छलफलमा धारणा राख्दै बुधबार उनले आफ्नै दलका मन्त्रीले पनि योजना नदिएको गुनासो पोखेकी हुन्। असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा आज छलफल शुरु भएको छ।बुढाथोकीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मनबहादुर धामीप्रति असन्तुष्टि जनाएकी छन्। ‘पर्यटनमन्त्रीलाई धन्यवाद छ। पोहोर साल पनि लिष्ट गायब गरिदिनुभयो‚ अहिले पनि गायब गर्नुभएको छ। मेरो वडामा मैले भनेको योज