विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा, जाँचबुझ आयोग गठन

काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख जनाउँदै सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ। आइवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।यस्तै सरकारले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कलसेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ।